भाद्र १७, बेलबारी । कोरोना भाइसको त्रास र भयका बाबजुत पनि किरात राई बिद्यार्थी संघले देशैभरि विभिन्न कार्यक्रम गरि २२ औं स्थापना दिवस मनाएको छ ।
यसै बिचमा किरात राई बिद्यार्थी संघ मोरङले पनि वृक्ष रोपण गरि मनाएको छ । संघको २२ औं स्थापना दिवसको अवसर पारेर मङ्गलबार पथरीको साकेला थानमा विभिन्न प्रजातिको वृक्षारोपण गरिएको हो ।
किरावी मोरङका अध्यक्ष केशर थुलुङ राईले उत्पीडित समुदाय को न्याय ,समान अधिकार, पहिचान र अन्याय, बिभेदको अन्त्यका लागी किरात राई बिद्यार्थीको साझा एकताको परिकल्पना गर्दै अधिकार र पहिचान प्राप्तीको निमित्त किरावी संघको गठन भएको बताए । राईले किरात राई बिद्यार्थी संघका सस्थापक अध्यक्ष नविन राईलाई र मुक्तीकामी आवाज बुलन्द गरेकै भरमा राई बिद्यार्थीहरुलाई संगठित गरेकै आधारमा राज्यले बेपत्ता बनाएको जिकिर गर्नु साथै राज्यले चाडो भन्दा चाडो सार्वजनिक गर्न माग गरे ।
कोभिड–१९ को महामारीका कारण औपचारिक कुनै कार्यक्रम नगरिएको र २२ औं स्थापना दिवसको अवसरमा प्रतिकात्म रुपमा २२ वटा वृक्ष रोपण गरिएको राई बिद्यार्थी नेता ऋषि चाम्लिङ राईले बताए ।
किरावी बिद्यार्थी नेता अशोक राईले २२ औं स्थापना दिवसको शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा किरात राई यायोक्खा पथरी नगर सदस्य प्रेम राई, किराया पथरी वडा १ कोषाध्यक्ष उदय कुमार राई (दिनेश ) , बिद्यार्थी नेता अरुण कुलुङ राई, सुमित थुलुङ राई, संगिता चाम्लिङ राई लगायतको उपस्थिति रहेको थियो ।