केराबारी,मोरङ । मोरङको केराबारी ९ का वडाध्यक्ष भुपतिन्द्रप्रताप मल्लले देवीझोडा कुसुमेका केहि युवाहरुलाई लक्षित गरि निकालिएको प्रेस विज्ञप्तिको विरुद्धमा देवीझोडा र कुसुमेका युवाहरुले संघर्षको कार्यक्रम घोषणा गरेको छ ।
मंगलबार देवीझोडा र कुसुमेका युवाहरुको भेलाले संघर्ष समिति गठन गरेका हुन् । देवीझोडा कुसुमे युवा समुह गठन गरि समुहले एक प्रेस विज्ञप्ति प्रकाशित गरेको छ । समुहका संयोजक समीर सोदेम्वा र सह संयोजक अजित कुँवरले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा वडाध्यक्षले स्थानीय युवाहरुलाई अपमान गर्ने गरि जारी गरिएको विज्ञप्तिलाई सच्च्याउदै माफी नमागे चरणवद्ध संघर्षको कार्यक्रम संचालन गर्ने घोषणा गरेको छ । घोषित कार्यक्रम अनुशार वडाकार्यालयमा तालावन्दी गर्ने र वडाध्यक्षको कार्यक्रम नै बहिष्कार गर्ने समेत उल्लेख गरिएको छ ।
वडा कार्यालयले भदौ १४ गते वडाले लगाएको ढाटलाई हटाएको विषयमा भत्र्सना गर्दै प्रेस विज्ञप्ति जारी गरेको थियो । समाजकै अग्रज व्यक्तिहरुबाटै गैरजिम्मेवार कार्य भएको भन्दै आवश्यक कार्यको लागि गाउँपालिकामा माग गर्ने विज्ञप्तिमा उल्लेख छ ।
केराबारी ९ नम्वर वडामा वडा कार्यालयले कुसुमेको सिमामा ढाट लगाउने विषय उठेदेखि नै विवाद हुँदै आएको थियो । ढाटले जनतालाई अनावश्यक रुपमा दुख दिने र संक्रमिकत क्षेत्रका मानिसहरु आफै ढाटमा बसेपछि जोखिम बढ्ने र ढाटमा युवाहरु बिच विवाद उत्पन्न हुँदै गएपछि संभावित झगडा हुनबाट जोगाउन स्थानीय युवाहरुले ढाट हटाएको विज्ञप्तिमा उल्लेख छ ।