सुन्दरहरैचाको खोर्सानेमा “फुड बैंक“ संचालन – Satabdi News

सुन्दरहरैचाको खोर्सानेमा “फुड बैंक“ संचालन

सुन्दरहरैचा । कोरानाका कारण देश लकडाउनमा रहेको लामो समय भैसकेको छ । संघिय संरकारले लकडाउन खुल्ला गरेता पनि स्थानिय सरकारले लकडाउनलाई जारी राखेको अवस्था छ ।

लकडाउनका कारण रोजगार गुमाएका र आर्थिक रुपमा विपन्न बर्गलाई बिहान बेलुका हात मुख जाेडनै कठिन बन्दै गएको छ । तर यसै बिच मोरङको सुन्दरहरैचा खोर्साने चोकमा स्वतन्त्र युवा समुहको आयोजनामा साथै ब्रोद्रर युनिटी क्लबको सहयोगमा “फुड बैंक क्याम्पेन“ सुरु गरिएको छ ।

यो अभियान विसुद्व गैर – राजनीति हुनुका साथै यस अभियानको मुख्य उद्देश्य यो लकडाउनमा आर्थिक रुपमा विपन्नता भएकै कारण कोहि पनि भोको बस्नु नपरोस भनी “ फुड बैंक “ संचालन गरिएको अभियान्ता साहन राईले बताए ।

आइतबार बाट संचालित“फुट बैँक क्याम्पेन“ मा नुन, तेल, चामल, दाल, सोयाबिन, जस्ता खाध्यन्न सामाग्री राखिएको छ ।

बिहान र बेलुका दुइ चरणमा गरि जम्मा ४५ जना विपन्न परिवारहरूलाई राहत वितरण गरिएको सैलेश आछामीले  बताए ।

यस अभियानको मुख्य उद्देश्य आर्थिक रुपमा अति विपन्न परिवारलाई खाध्यन्न सामान वितरण गर्ने साथै मानवता हराएको छैन भन्ने सकारात्मक सन्देश प्रवाह गर्नु पनि रहेको यस अभियानका संयोजक क्रान्ति लिम्बुले बताए। लिम्बुले यस अभियान एक हप्ता सम्म संचालन गरिने जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सुन्दरहरैचाको खोर्सानेमा “फुड बैंक“ संचालन" A few seconds ago

सम्बन्धित खवर