बेलबारी वडा नं ४ मा एकै परिवारका ३ जनामा कोरोना संक्रमण – Satabdi News

बेलबारी वडा नं ४ मा एकै परिवारका ३ जनामा कोरोना संक्रमण

भाद्र ९, बेलबारी । बेलबारी नगरपालिका वडा नं. ४ का एकै परिवारका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो कोरोना संक्रमित संख्यासंगै बेलबारी नगरपालिकामा २३ जना पुगेको छ।

बेलबारी नगरपालिका स्वास्थ्य प्रमुख सन्तोष बि.कको भनाईअनुसार संक्रमित हुनेहरुमा ५० र २० वर्षिय पुरुष र ४४ वर्षिया महिला रहेका छन् । संक्रमित मध्ये १ जना महिला स्वास्थ्य स्वयंसेविका रहेको कुरा शताब्दी न्युजलाई बताए ।

संक्रमित व्यक्तिहरुलाई आइसोलेसनमा राख्ने बारे तयारी भैरहेको स्वास्थ्य प्रमुखले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी वडा नं ४ मा एकै परिवारका ३ जनामा कोरोना..." A few seconds ago

सम्बन्धित खवर