झन्डा जलाउने भन्दा हल्लाउनेबाट देशको यो अवस्था सिर्जना भएको भन्दै संयुक्त रुपमा ध्यानाकर्षण पत्र – Satabdi News

झन्डा जलाउने भन्दा हल्लाउनेबाट देशको यो अवस्था सिर्जना भएको भन्दै संयुक्त रुपमा ध्यानाकर्षण पत्र

नेपाल देशको राष्ट्रिय झण्डा जलाएको क्लिपसहित गेल्जेन दोर्जे तामाङको समूहले र्याप गीतको भिडियो सार्वजनिक गरेपछि मिडिया र सामाजिक सञ्जालमा विभिन्न रूपले पक्ष-विपक्षमा भइरहेको बहसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण जनाएको छन ।

अपुरो र अधुरो वर्तमान नेपालको विभेदकारी संविधानले राष्ट्रिय जनावर-गाई, राष्ट्रिय रंग-सिम्रिक, राष्ट्रिय फूल-लालीगुराँस, राष्ट्रिय पक्षी- डाँफे हुने व्यवस्था गरेको छ । तर, ती चिह्नहरूले नेपालका जात, जाति, भाषा, धर्म, संस्कृति, भूगोलले सिँगारिएको विविधतायुक्त र बहुल राष्ट्रियतालाई समेटेको छैन । राजाकालीन, राणाकालीन हुँदै पञ्चायतकालीन शासन व्यवस्थासम्म लामो समय एकात्मक, केन्द्रीकृत, हिन्दू राज्य सञ्चालनले स्थापित गरेको एकलकाँटे विम्ब र प्रतीकहरू संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा बद्लिनुपर्छ भन्ने सवाल आदिवासीलगायत अन्य न्यायपूर्ण आन्दोलनले निरन्तर उठाउँदै आएको अवगत नै छ ।

झण्डा जलाउनेले भन्दा झण्डा हल्लाउनेबाट देशको यो अवस्था सिर्जना भएको र इतिहासका कालखण्डहरूमा बारम्बार राष्ट्रघाती तुच्छ कार्यहरू भएको कुरा सबैमा जगजाहेर नै छ । पूर्वराजा, प्रधानमन्त्री, सेलिबे्रटिलगायत बाट नै देशको नक्सा, झण्डालाई अपमानजनक ढङ्गले दुरुपयोग गरिनु र यो पछिल्लो झण्डा जलाउने घट्ना सबै निन्दनीय कार्य हुन् जसको हामी खेद व्यक्त गर्दछौं ।

उल्लेखित घट्नाका सम्बन्धमा राज्यले सबैलाई समान ढङ्गले कारबाही गर्नुपर्नेमा पछिल्लो घट्नाका दोषीलाई मात्र कार्बाही प्रक्रिया अगाडि बढाउनु राज्यको अन्यायपूर्ण र असमानजनक व्यवहार हो । यस किसिमको गलत गतिविधि गर्नेहरूमाथि राज्य समान रुपमा प्रस्तुत हुन आग्रह गर्दछौं । राज्य सरकार र जिम्मेवार नागरिकले विभेद, अपमान, अत्याय, अत्याचारको प्रतिकारको रूपमा प्रकट हुने जुनसुकै विषय र घट्नालाई गम्भीरतापूर्वक लिएर सबै वर्ण, वर्ग, नश्ल, जात, जाति, भाषा, धर्म, संस्कृति र भूगोलका नागरिकको भावनाको सम्मान हुने र प्रतिविम्बित हुने गरी राष्ट्रिय चिह्नहरूको नयाँ निर्माण नगरेसम्म समाजमा द्वेष र घृणा फैलाउने अतिवादी तत्वहरूले ठाउँ पाइरहने समेत संयुक्त रुपमा ध्यानाकर्षण सार्बजनिक गरेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "झन्डा जलाउने भन्दा हल्लाउनेबाट देशको यो अवस्था ..." A few seconds ago

सम्बन्धित खवर