भोजपुर । अरुण गाउपालिका ५ याकु १ नम्बर टोल माङ्सुवा को आयोजनामा पार्टी प्रवेस कार्यक्रम सम्मपन्न भएको छ । विभिन्न पार्टी परित्याग गरि भोजपुरको अरुण गाउँपालिकामा १३ जना नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) प्रवेश गरेका छन् ।
अरुण गाउँपालिका ५ याकु भोजपुरमा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली काङ्ग्रेस टोल सभापती गणेश खड्का र कोषाध्यक्ष जगत भुजेल को नेतृत्वमा १३ जना नेकपा प्रवेश गरेका हुन ।
पार्टी प्रवेश कार्यक्रममा जिल्ला सचिवालय सदस्य तथा अरुण गाउँपालीका नेकपा अध्यक्ष बलबद्र राईले नेकपा प्रतिको भरोषा र विश्वासका साथ प्रवेश गरेका सवैलाई उचित जिम्मेवारी प्रदान गर्ने बताउनुभयो ।
पार्टी प्रवेश कार्यक्रममा जिल्ला सचिवालय सदस्य तथा गाउँपालिका सह( इन्चार्ज बबिन्द्र रसाइली , जिल्ला सदस्य तथा गा.पा सचिव नारायण घिमिरे , जिल्ला सदस्य कुमार थापा, जिल्ला सल्लाहकार हरिबिष्णु पोखरेल लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम टोल अध्यक्ष छत्र भुजेलको अध्यक्षतामा भएको थियो। कार्यक्रम संचालन टोल सचिव रविन खडकाले गरेका थिए ।.