महासंघको सदस्यता वितरण तथा नविकरणका लागि समय थप गर्न प्रेस नेपालको माग – Satabdi News

महासंघको सदस्यता वितरण तथा नविकरणका लागि समय थप गर्न प्रेस नेपालको माग

बेलबारी । कोरोना भाइरस (कोभिड–१९) का कारण पत्रकार तथा सञ्चारकर्मीहरु समस्यामा परेको भन्दै प्रेस नेपालले नेपाल पत्रकार महासंघको सदस्यता वितरण तथा नविकरणका लागि कम्तिमा १५ दिन समय थप गर्न माग गरेको छ ।

प्रेस नेपालका महासचिव विजय चाम्लिङले विहीबार एक प्रेस विज्ञप्ति जारी गरी उक्त माग गरेका हुन् । प्रेस नेपालले सदस्यता नविकरण बापतको शूल्कमा पनि ५० प्रतिशत छुट दिने व्यवस्था मिलाउन महासंघ लगायत सम्बन्धित निकायहरुसँग माग गरेको छ । नेपालमा दिनानुदिन कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको र मृतकको संख्या पनि थपिदै गइरहेकोले यस्तो परिस्थितिमा महासंघको २६ औं महाधिवेशन समेत अन्यौलमा रहेकोले पनि अहिलेलाई सदस्यता नविकरणको समयावधि थप गरिनु पर्ने माग गरिएको छ । महासंघले यही साउन मसान्तभित्रमा सदस्यता नविकरण गर्ने निर्णय गरेको छ ।

यस्तो छ विज्ञप्तिः
कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण अहिले विश्वभरि नै ठूलो संकट र समस्या पैदा भएको छ । कोरोनाका कारण विश्वका साढे सात लाख भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् भने सबै देशहरुको जनजीवन र अर्थतन्त्रमा गम्भीर प्रभाव परेको छ । कोरोनाका कारण नेपालका विभिन्न क्षेत्रका कलकारखाना, उद्योग, व्यापार, व्यवसाय र मिडिया जगतमा समेत गम्भीर प्रभाव परेको छ । यस बिचमा नेपालका विभिन्न सञ्चारमाध्यमहरुमा कार्यरत श्रमजीवि पत्रकार÷सञ्चारकर्मीहरु कतिपयले रोजगारी गुमाउनु परेको छ भने कतिपयको मिडिया हाउसबाट उनीहरुले पाउँदै आएको सेवा सुविधाहरु कटौती गरिएको छ ।
यही पृष्ठभूमिमा श्रमजीवि पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघको नयाँ सदस्यता वितरण तथा नविकरणका लागि यही साउन मसान्त (२०७७।४।३२ गते) सम्म समय तोकिएको छ । कोरोनाका कारण सबैलाई आ–आनो खाले समस्या भइरहेको बेला पत्रकारहरुले तोकिएको समयमा सदस्यता प्राप्ति तथा नविकरण गर्न मुस्किल पर्ने भएकोले हाम्रो संगठनको तर्पmबाट महासंघको सदस्यता वितरण तथा नविकरणका लागि कम्तिमा पनि १५ दिन समय थप गर्न र नविकरण शुल्क समेत ५० प्रतिशत छुट गरिदिने व्यवस्था मिलाउन नेपाल पत्रकार महासंघ लगायत प्रदेश तथा जिल्ला शाखाहरुसँग आग्रह गर्दछौं । नेपालमा दिनानुदिन कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको र मृतकको संख्या पनि थपिदै गइरहेकोले यस्तो परिस्थितिमा महासंघको २६औं महाधिवेशन समेत अन्यौलमा रहेकोले पनि अहिलेलाई सदस्यता नविकरणको समयावधि थप गर्नुपर्छ भन्ने हाम्रो माग रहेको छ ।
…………….
विजय चाम्लिङ
महासचिव, प्रेस नेपाल
मिति : २०७७।४।२९

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "महासंघको सदस्यता वितरण तथा नविकरणका लागि समय थप..." A few seconds ago

सम्बन्धित खवर