कांग्रेसद्वारा राहत वितरण – Satabdi News

कांग्रेसद्वारा राहत वितरण

साउन २, मोरङ । चिसाङ खोलामा आएको बाढीका कारण विस्थापित भएका १३ परिवारलाई नेपाल तरुण दल कानेपोखरी र कांग्रेस वडा समितिले राहत वितरण गरेको छ । कानेपोखरी गाउँपालिका वडा नं ५ को दुखी टोलका ८ परिवार र सोही वडाको चिसाङ वस्तीका ५ परिवारलाई राहत वितरण गरिएको हो ।

राहत वितरण १३ परिवारका सरिता दनुवार, सोममाया दनुवार, वीरबहादुर दनुवार, पार्वती दनुवार, नीरमाया माझी, उदयबहादुर माझी, डम्बरबहादुर माझी र लक्ष्मी चौधरीलाई राहत प्रदान गरेको हो । दुखी टोलमा नगद ५ सय रुपियाँ तेल, सोयाविन, दाल, चामल, सावुन, सेनिटाइजर, टर्च लाइट र माक्स वितरण गरिएको हो ।

यस्तै चिसाङ बस्तीमा पनि ५ सय नगद सहित टर्च लाइट, दाल, सोयाविन, चामल,तेल, दाल, माक्स र सेनिटाइजर प्रदान गरेको छ । कानेपोखरी –५ का काङ्ग्रेस र तरुण दल सम्बद्ध नेता कार्यकर्ताले सङ्कलन गरेको झण्डै ३० हजार रुपियाँले राहत वितरण गरिएको तरुण दलका एक नेता मीनराज राईले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कांग्रेसद्वारा राहत वितरण" A few seconds ago

सम्बन्धित खवर