असार २३, बेलबारी । मोरङको बेलबारी नगरपालिकाले कृषकहरुलाई पावरटिलर वितरण गरेको छ ।
कृषिलाई यान्त्रिकरण गर्दै कृषि उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न सहयोग गर्ने उद्देश्यले कृषक तथा समुहलाई ५० प्रतिशत अनुदानमा मिनिटिलर बितरण गरिएको हो । बेलबारी नगरपालिकाको ५० प्रतिशत र कृषकको ५० प्रतिशत साझेदारीमा नगरभित्रका १४ जना किसानलाई मिनिटिलर वितरण गरिएको छ ।
परम्परागत खेतिलाई आधुनिक खेतिमा रुपान्तरण गर्दै बिकास गर्न उपकरणहरु वितरण गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । केहि दिन अघि नगरपालिकाले ५ वटा मिनिटिलर र १६ वटा मकै छोडाउने मिसिन बितरण गरेको थियो भने मंगलवार ९ वटा मिनि टिलर वितरण गरेको छ । किसानलाई बेलबारी नगरपालिकाकी उपमेयर ढाका कुमारी पराजुलि प्रवक्ता योगेन्द्र सुवेदी, प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाह लगायतले मिनिटिलर वितरण गरेको हो ।