असार १५, दार्चुला । दार्चुला जिल्लाको नौगाड गाउँपालिका ४ होपरीमा नहर भत्किदा गएको पहिरोले दुई जनाको ज्यान गएको छ ।
गए राती १२ बजेतिर घरमाथि रहेको जलविद्युतको नहर भत्किदा गएको पहिरोले स्थानिय २५ वर्षीय चन्द्र सिंह महता र उनका ४ वर्षीय छोरा सुसान्त महताको ज्यान गएको नौगाड प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक भुवन चन्दले जानकारी दिए ।
उनकी श्रीमती चनमति महता गम्भिर घाइते रहेकोले उनलाई गोकुलेश्वर अस्पताल लैजाने तयारी भइरहेको बताए । मृतक चन्द्र महताको घर पूर्ण रुपमा क्षति भएको उहाले बताए ।
अन्य तीन जनाको घर समेत पहिरो जोखिम भएकोले अन्य परिवारलाई सुरुक्षित स्थानमा राख्ने तयारी गरिरहेको नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिंह घामीले बताए । सो क्षेत्रमा अहिले प्रहरी खटिएको छ । पहिरोले पुर्याएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।