असार १४, बेलबारी । आज तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती । देशभर विभिन्न कार्यक्रम गरेर उनको जन्म जयन्ती मनाइँदैछ । विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद – जबज _ को सिद्धान्त प्रतिपादन गरी उनी जनता माझ लोकप्रिय हुन सफल भएका थिए ।
तत्कालीन नेकपा एमालेका महासचिव भण्डारीको २०५० जेठ ३ गते दासढुंगा भएको जिप दुर्घटनामा परी दुःखद निधन भएको थियो ।
उनको दुर्घटनामा परी निधन भएको भन्दा पनि धेरैले हत्या भएको बताउँदै आइरहेका छन् । उक्त घटनालाई लिएर विभिन्न टिकाटिप्पणी भए पनि हालसम्म ठोस निष्कर्ष भने निस्कन सकेको छैन ।
भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ ।
जबजको जग र सशस्त्र जनयुद्धको अनुभवपछि गत जेठ ३ गते भण्डारीको निधन भएको दिन एमाले र नेकपा माओवादी केन्द्रको एकता भई हालको नेकपा गठन भएको हो ।
साझापोष्टबाट