प्रदेश १ : सलहको जोखिम अध्ययन गर्दै प्रदेश सरकार – Satabdi News

प्रदेश १ : सलहको जोखिम अध्ययन गर्दै प्रदेश सरकार

असार १४, विराटनगर । १ नंं प्रदेश सरकारले सलहको सम्भावित जोखिम नियन्त्रणका लागि गृहकार्य सुरु गरेको छ ।

नेपालमा सलह किराको प्रवेश सुरु भएपछि प्रदेश सरकारले सम्भावित जोखिम नियन्त्रणका लागि तयारी सुरु गरेको हो ।
शनिबार प्रदेश ५ का विभिन्न स्थानमा सलह किरा देखिएको थियो । प्रदेश १ मा भने यो किरा देखिएको छैन ।

तर, सम्भावित जोखिम नियन्त्रणका लागि गृहकार्य सुरु गरेको प्रदेश १ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डाक्टर राजेन्द्र उप्रेतीले बताए ।

‘सलह आइहाले नियन्त्रणमा प्रयोग हुने औषधिको उपलब्धता हेर्दैछौं’, उनले भने, ‘जोखिम आँकलन गरी कार्य योजना बनाउन आइतबार मन्त्रालयमा छलफल गर्दैछौं ।’
अनलाईनखबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रदेश १ : सलहको जोखिम अध्ययन गर्दै प्रदेश सरकार" A few seconds ago

सम्बन्धित खवर