असार १३, बेलबारी । नेपालका ७७ वटा जिल्लामा कोरोना देखिएको छ । पछिल्लो २४ घण्टा सम्ममा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
शनिबार भरतपुर अस्पतालमा कैलालीका एक जना ५० वर्षीय पुरूषको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ । उनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।
यसै गरि रसुवामा पछिल्लो २४ घण्टामा ९ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । संक्रमण हुनेहरुमा ८ पुरुष र १ महिला रहेका हो । यो सँगै संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ । यस्तै १ सय ३६ जना निको भएर घर फर्किएको मन्त्रालयका प्रवतmा डा।जागेश्वर गौतम जानकारी दिएका हो । आज सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।