असार १२, मोरङ । मोरङको रतुवामाई नगरपालिका–५ गोबिन्दपुर निवासी ५५ बर्षीया माया देवी शाहको बक्राहा खोलाले बगाएर मृत्यु भएको छ ।
बिहिवार अपरान्ह साँढे ५ बजे बक्राहा खोला नजिकै चौपाया चराईरहेकी शाहलाई अचानक बाढीले बगाएको हो । बाढीले बगाए संगै उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । स्थानीयवासी र प्रहरी समेतले खोजतलास गर्ने क्रममा शक्रबार १० ३० बजे भेटिएको हो । मृतकलाई बाढीले बगाएको स्थान भन्दा करिव ३ किलोमिटर दक्षिण खोलाको डिलमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको पनि जनाकारी दिएको छ ।