हेटौंडा–कुलेखानी सडकखण्ड र कान्ति लोकपथ पहिरोले अवरुद्ध – Satabdi News

हेटौंडा–कुलेखानी सडकखण्ड र कान्ति लोकपथ पहिरोले अवरुद्ध

१२ असार, हेटौंडा । तराईका जिल्लालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटोे दूरीका दुई राजमार्ग र कान्ति लोकथप पहिरोका कारण अबरुद्ध भएको छ ।

हेटौंडा–भिमफेदी–कुलेखानी मार्ग र निर्माणाधीन कान्ति लोकपथ पहिरोका कारण अवरुद्ध भएको हो ।

हेटौंडा–भिमफेदी–कुलेखानी सडक खण्डअन्तर्गत भिमफेदी गाउँपालिका–६ जुरिखेत नजिक लेदो माटो र चट्टानसहितको पहिरो जाँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भिमफेदीले जनाएको छ । सो खण्डमा वागमती प्रदेश सरकारले सडक बिस्तारको काम गरिरहेको छ । १६ किलोमिटर लामो सडकमा दुर्घटनाको उच्च जोखिम भएपछि सरकारले चौडा पार्ने काम गरिरहेको हो ।

लगातारको वर्षाका कारण बिस्तारको क्रममा रहेको बाटोको माथिबाट लेदो माटोसहित पहिरो खस्दा दुईतर्फी बाटो अवरोध भएको छ । अहिले पहिरो पन्छयाउने काम भइरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण बाटो अवरुद्ध हुँदा सवारी साधनहरु बिच बाटोमै रोकिएका छन् ।

निर्माणको क्रममा रहेको हेटौंडा–काठमाडौं कान्ति लोकपथ सडक पनि पूर्णरुपमा अवरुद्ध बनेको छ । लोकपथ अन्तर्गत बकैया–११ घट्टेपाखा, सिमात, बैकया–१२छेपारे, भिमफेदी–८ कालोपहिरो, गंगटेमा लगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सडक खुलाउन पहिरोे पन्छाउने काम भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "हेटौंडा–कुलेखानी सडकखण्ड र कान्ति लोकपथ पहिरोले..." A few seconds ago

सम्बन्धित खवर