सञ्चार मैत्री नीति तथा कार्यक्रम सार्वजनिक गदै दिप्रुङ चुईचुम्मा गाउँपालिका – Satabdi News

सञ्चार मैत्री नीति तथा कार्यक्रम सार्वजनिक गदै दिप्रुङ चुईचुम्मा गाउँपालिका

असार ११, खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पहिलो पटक सञ्चार मैत्री नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार सार्वजनीक गरेको नीति तथा कार्यक्रममा सूचना र सञ्चारको हकका दृष्टिकोणले नमुना गाउँपालिकाको रुपमा विकास गर्ने लक्ष्यका साथ आगामी आर्थिक वर्षमा विभिन्न किसिमका संचार नीति ल्याएको छ ।

पालिकाको गाउँ सभामा पालिकाले कुल ५१ करोड ४२ लाख ८ हजार ७४ रुपैँया प्रस्तावित बजेट ल्याएको छ । कुल वजेटलाई सबै ठाउँमा आवश्यकताको आधारमा योजनाको प्राथामिकिकरण गरे रकम विनियिोजन समेत गरिएको पालिकाले जनाएको छ ।

गाउँपालिकाको सातौँ गाउँ सभाको नीति तथा कार्यक्रममा पालिकाले खोटाङ जिल्लामा रहेर नियमित पत्रकारिता गरिरहेका ५५ बर्ष उमेर नाघेका पत्रकार वा पत्रकार महासंघको सदस्य भई २० वर्ष अगाडि देखि निरन्तर पत्रकारिता गरिरहेका पत्रकारलाई प्रोत्साहन भत्ता दिने निती ल्याएको छ ।

यस मापदण्ड भित्र पर्ने पत्रकारलाई पालिकाले मासिक २ हजारका दरले प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको छ । यस्तै जिल्ला भित्र कृयाशिल पत्रकारहरुलाई गम्भिर प्रकृतिको रोग लागेमा यस्ता पत्रकारलाई रोगको उपचारमा लागेको खर्चको २० प्रतिशत खर्च उपलब्ध गराउने कार्यक्रम समेत ल्याएको छ ।

यस्तै नेपाल सरकारको मापदण्ड पुरा गरेर संचालनमा आएका संचार माध्यामलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने, सूचनाको हक सम्बन्धी कानुन कार्यान्वयनमा जोड दिने, गाउँ पालिकाका हरेक सूचना जनताको घरघरमा पुर्याउने, पालिका भित्र सामुदायीक संवाददाता उत्पादन गर्न पत्रकारिता प्रशिक्षण संचालन गर्ने जस्ता प्रेसमैत्री कार्यक्रम पालिकाले ल्याएको छ ।

यस्तै गाउँपालिकाले आगामी आर्थिक बर्षभित्र कोरोना९काभिड–१९० को संक्रमणको असरलाई न्युनिकरण गर्दै जनजीवनलाई नियमित गर्नु, कोरोनाको असरबाट सिर्जित आवश्यकताको पहिचान गर्नु, दिप्रुङ चुईचुम्मा गाउँपालिकालाई कोरोना रहित गाउँपालिका बनाउनु, स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि उत्पादन, र रोजगारी प्रर्वद्धन गर्नु जस्ता विषयलाई प्रमुख प्राथामिकताका राखेको छ ।

यस्तै खोटाङको साकेला गाउँपालिकाले ‘समृद्ध साकेला विकास पत्रकारिता पुरस्कार २०७७’बाट स्थानिय पत्रकार केदार मगरलाई पुरस्कृत गरेको छ । पालिकाको नवौँ गाउँसभामा उनलाई पुरस्कृत गरिएको हो ।

साकेला गाउँपालिकाले आर्थिक तथा सामाजिक विकासलाई प्राथमिकता दिँदै आगामी आर्थिक बर्षका लागि ३० करोड ७७ लाख ४४ हजारको नीति तथा कार्यक्रम पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सञ्चार मैत्री नीति तथा कार्यक्रम सार्वजनिक गदै ..." A few seconds ago

सम्बन्धित खवर