असार १०, बेलबारी । आगामी आर्थिक वर्षको लागि बेलबारी नगरपालिकाले आज बुधबार बजेट सार्वजनिक गर्ने भएको छ ।
आर्थिक वर्ष २०७७/७८ लागि बजेट सार्वजनिक हुन लागेको हो । दिउसो १ बजे बेलबारी उपमेयर ढाका कुमारी पराजुलीले बजेट वक्तव्य प्रस्तुत गर्ने छिन् । केन्द्र तथा प्रदेश सरकारको बजेट कोरोना भाइरस केन्द्रित भएकाले स्थानिय सरकारको बजेट पनि त्यहि अनुरूप आउने अनुमान गरिएको छ ।
उपमेयर पराजुलीले नगरबासिलाइ बजेट सुनेर सुझाब दिन आग्रह गरेकी छन् । बजेट वक्तव्य स्थानिय सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण हुने समेत जानकारी दिइन् ।