असार ७, बेलबारी । नेपालमा कोभिड–१९ बाट संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । गत २४ घण्टामा मात्रै ४ सय २१ जना नयाँ संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म १ हजार ७ सय ७२ जना निको भएर घर फर्किसकेका छन् । यस्तै थप एक मृत्यु भएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।