सुन्दरहरैचामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि – Satabdi News

सुन्दरहरैचामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

असार ७, सुन्दरहरैचा । सुन्दरहरैंचा नगरपालिकामा थप दुई जना कोरोना संक्रमण पुष्टि भएको छ । सुन्दरहरैंचा वडा न.११ निवासी महिला र वडा न. ९ निवासी पुरुष रहेको हो । नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसिरहेका एक पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतबाट आएर क्वारेन्टिनमा बसेका पुरुष र कुवेतबाट आएका महिलामा कोरोना पुष्टि भएको सुन्दरहरैंचा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मचिन्द्र बस्नेतले बताए । गत ५ गते लिइएको स्वाबबाट कोरोना पोजेटिभ देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सुन्दरहरैचामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि" A few seconds ago

सम्बन्धित खवर