धिरज बिष्ट
असार ०१, काठमाडौं । स्वास्थ्य सेवा बिभाग ईपिडिमियोलिजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौंको जेठ १४ गते पत्रानुसार सुदुरपश्चिम प्रदेशमा कोभिड १९ रोकथाम तथा नियन्त्रणलागि स्वास्थ्य निर्देशनालय राजपुर डोटीले दार्चुला जिल्लाको लागि केस ईन्भेस्टिगेशन एण्ड कनट्याक ट्रेसिङ ९ सिआईसिटी ० संयोजकमा जनस्वास्थ्य अधिकृत अशोक सिंह धामिलाई दार्चुला संयोजकको जिम्मेवारी दिइएको बताए ।
संयोजकको उपस्थितिमा जिल्ला भरिका स्थानिय तहहरुले केस ईन्भेस्टिगेशन एण्ड कनट्याक ट्रेसिङ ( सिआईसिटी ) गठन गरेर सम्भावित जोखिमलाई न्युनिकरण गर्न लाई पहल गरिएको संयोजक अशोक धामिले बताए । दार्चुला जिल्ला भरिका स्थानीय तहहरु मध्ये शैल्यशिखर नगरपालिका र अपिहिमाल गाउँपालिकामा केस ईन्भेस्टिगेशन एण्ड कनट्याक ट्रेसिङ ( सिआईसिटी ) गठन गरिसकेको र अन्य स्थानीय तह संग समुन्वय गर्दा चासो नगरेको संयोजक धामिले बताए ।
स्थानीय तहहरुले आवस्यक छैन हामी संग आर्थिक छैन भनेर समेत बहाना गर्ने बताए । आर्थिक समस्या देखाउदै टार्ने काम गरिएका छन जिल्लाभरीका नगरपालिका नगरप्रमुख र गाउँपालिका अध्यक्षसंग कोस ईन्भेस्टिगेशन एण्ड कनट्याक ट्रेसिङसि आईसिटी गठन गर्ने पर्ने कुरा गर्दा आर्थिक छैन भनेर भन्ने कार्यपालिकाबाट निर्णय गराउनु पर्ने भएकाले निर्णय नगराउने विभिन्न बहाना बनाएर पन्छिने काम गर्दै आएका छ्न । करार कर्मचारी भर्ना प्रक्रिया मै जानु पर्ने भएकाले सम्बन्धित गाउँपालिका र नगरपालिकाले बिज्ञापन गराउन अनुरोध गर्दा समेत वास्ता गर्दैन्न सम्बन्धित पालिकाले र नगरपालिका चासो नदेखाएको बताए ।
स्थानीय तहमा आर्थिक नभए प्रदेश र संघ सरकार संग सम्बन्धित गाउँपालिका र नगरपालिकाले कार्यपालिकाको निर्णय गराएर माग गर्नु पर्ने उल्लेख गरिएको भए पनि स्थानीयतह हरुको सक्रियता नदेखिएको संयोजक धामिले बताए । केस ईन्भेस्टिगेशन एण्ड कनट्याक ट्रेसिङ ( सिआईसिटी ) स्थानीयतहले ढिलासुस्तीका कारणले गर्ने नसकिएको संयोजक धामिले बताए ।