कोरोना फैलाउने आवास हो क्वारेन्टिन - पुर्व मन्त्री दीर्घ सोडारी – Satabdi News

कोरोना फैलाउने आवास हो क्वारेन्टिन – पुर्व मन्त्री दीर्घ सोडारी

धिरज बिष्ट
जेठ ३२, धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री दीर्घ सोडारीले स्थानीय तहहरुले सञ्चालन गरेका क्वारेन्टाईन कोरोना संक्रमण फैलाउने घर भएको बताएका छन् ।

आज प्रदेश सभामा विशेष समयमा बोल्दै सोडारीले मापदण्ड विना सञ्चालन भैरहेको क्वारेन्टाईनहरुबाट नै बढी संक्रमण बढेको भन्दै सकारको ध्यानाकर्षण गराएका हुन । व्यवस्थापन मापदण्डको विपरीत सञ्चालनमा रहेका क्वारेन्टाइनमा मानिसहरु एकै ठाउँमा हुलेर संक्रमण दर उच्च भएको बताए ।

सोडारीले भने ‘क्वारेन्टाईन एकै ठाउँमा जम्मा गरेर संक्रमण फैलाउने घर भएका छन । हाम्रा अस्पतालहरुको आइसोलेसन क्षमता बढाउनु पर्ने अवस्था छ । सरकार के गरीरहेको छ ।’ सोडारीले संघिय सरकार र प्रदेश सरकारले क्वारेन्टाईनको व्यवस्थापनमा गम्भिरतापूर्वक नलागेको भन्दै चिन्ता व्यक्त गरे । यस्तै सोडारीले प्रदेश सभाको सदस्य तथा मन्त्रीहरुको पारिश्रमीक संघिय सरकारको अनुसारनै बढेको भन्दै सकारात्मक दृष्ट्रिकोण राख्नु पर्ने बताए ।

प्रदेश सरकारका मन्त्री तथा सदस्यरुको विशीष्ठ श्रेणीका कर्मचारीको भन्दा तल भएको भन्दै सकारात्मक ढंगबाट बुझ्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोरोना फैलाउने आवास हो क्वारेन्टिन – पुर्..." A few seconds ago

सम्बन्धित खवर