कोभिड–१९ का कारण ब्राजिलमा ४० हजार ९ सय १९ जनाको मृत्यु – Satabdi News

कोभिड–१९ का कारण ब्राजिलमा ४० हजार ९ सय १९ जनाको मृत्यु

एजेन्सी । ब्राजिलमा कोरोनाभाइरसका कारण ४० हजार ९ सय १९ जनाको मृत्यु भएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा ब्राजिलमा १ हजार २ सय ३९ जनाको ज्यान गएको छ । यही अवधिमा ३० हजार २ सय १४ जना नयाँ संक्रमित देखिएका छन् । ब्राजिलमा कोरोनाभाइरसबाट संक्रमित भएका व्यक्तिहरूको संख्या ८ लाख ९ हजार पुगिसकेको छ ।

विश्वमै संयुक्तराज्य अमेरिकापछि ब्राजिलमा सबैभन्दा बढी मानिस संक्रमित भएका छन् । अमेरिकामा २० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसबाट विश्वभर ७५ लाखभन्दा बढी मानिस संक्रमित हुनुका साथै ४ लाख २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोभिड–१९ का कारण ब्राजिलमा ४० हजार ९ सय १९ जनाक..." A few seconds ago

सम्बन्धित खवर