ट्याक्टर दुर्घटनाबाट बालिकाको घटनास्थलमै मृत्यु – Satabdi News

ट्याक्टर दुर्घटनाबाट बालिकाको घटनास्थलमै मृत्यु

जेठ ३०, उदयपुर । उदयपुरगढी गाउँपालिका–६ बिहीबार साँझ ट्याक्टरे दुर्घटनाबाट एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ । उदयपुरगढी गाउँपालिकाको स्थानीय ९ बर्षिया बालिका बिविशा पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । ४० वर्षीया शर्मिला तामाङ भने घाईते जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

दैनिक उपभोग्य वस्तु बोकेर उदयपुरगढीतर्फ जाँदै गरेको स १ त ५१०७ नम्बरको ट्याक्टर साँझ ७ बजे उदयपुरगढीको बाघखोर भन्ने सडकखण्डमा अनियन्त्रित भई सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । प्रहरीले घटनास्थल पुगेर ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ ।

बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल उदयपुर ल्याएको र घाइते तामाङको उपचार जिल्ला अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ट्याक्टर दुर्घटनाबाट बालिकाको घटनास्थलमै मृत्यु" A few seconds ago

सम्बन्धित खवर