जेठ २३, भद्रपुर । कोरोना पोजेटिभ देखिएका व्यक्तिहरु संगसंगै सवारी साधनमा यात्रा गरेको कारण भद्रपुर नगरपालिकाका प्रमुख जिवन कुमार श्रेष्ठ सेल्फ क्वारेन्टाइनमा बसेका छ ।
फेसबुक वालमा स्टाटस लेख्दै नगर प्रमुख श्रेष्ठलाई सेल्फ क्वारेन्टाइनमा बस्न सुझाव दिएका थिए । त्यसपछि नगर प्रमुख आफै बस्ने निर्णय गरेको हो । उनले आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएको र कोरोना पोजेटिभ व्यक्तिलाई नछोएको समेत जानकारी दिएका छन् ।
बुधवार नगर प्रमुख श्रेष्ठले कलबलगुढी क्वारेन्टाइनबाट भद्रपुरका २ जना र कचनकबलका एक जनासँग बस यात्रा गरेका थिए । कोरोना पुष्टि नभएको रिपोर्ट आएको ठानी नगरप्रमुख श्रेष्ठले उनीहरुलाई आफैले चलाएको सवारी साधनमा चढाएर घर पुर्याएका थिए ।
तर, विहीवार ती तीनै जना व्यक्तिलाई कोरोना सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको थियो । त्यसपछि नगरप्रमुख श्रेष्ठ झसङ्ग भएका थिए । नगरप्रमुख श्रेष्ठले स्वास्थ्य शाखाबाट जानकारी दिँदा त्रुटी भएको कारण ती व्यक्तिहरुलाई क्वारेन्टाइनबाट घर लगिएको प्रष्टिकरण दिदै आएका छन् ।