जेठ २०, बिराटनगर । रुकुम घटनाको सत्य तथ्य छानबिन र दोषीलाई कानुनी कारवाहीको माग गदै विराटनगरमा समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय विद्यार्थी संघले ट्राफिक चोकक बिरोध प्रर्दशन गरेका छन् ।
घटनाको निष्पक्ष छानविन गरी तत्काल दोषी माथि कडा कारवाहीको माग सहित विरोध प्रर्दशन गरिएको नयाँ शक्ति विद्यार्थी युनियनका १ नं प्रदेश संयोजक कमल पोखरेलले बताए ।
लकडाउनको समयमा सामाजिक दूरीको नियमको पालना गरी विरोध गरिएको नयाँ शक्ति विद्यार्थी युनियन महेन्द्र मोरङ इकाई अध्यक्ष तरुण खवासले बताए ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा प्रेमिका लिन गएका नवराज विकसहित उनका अन्य चारजना साथीको शव भेरी नदीमा भेटिएको थियो ।
हत्यापछि भेरी नदीमा शव फालेको आरोप सहित पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । प्रहरीले वडाध्यक्ष डम्बरबहादुर मल्ल, युवतीका बुबा आमासहितलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।