जेठ १८, काठमाडौ । नेपाली चलचित्र क्षेत्रका बरिष्ठ कलाकार जयनेन्द्र चन्द ठकुरीको आज आईतबार निधन भएको छ । बागडोलस्थित आफ्नै घरमा बिहान ११ बजेर २० मिनेटमा उनको निधन भएको चलचित्र कलाकार संघले जनाएको छ ।
लामो समयदेखि प्यारालाइसिस रोगका कारण थलिएका ठकुरीको ८० बर्षको उमेरमा निधन भएको हो । उनको आजै पशुपति आर्यघाटको विद्युतिय शव गृहमा अन्त्येष्टी गरिदैछ ।