तुलसी राम धमला
तेह्रथुम जेठ ८ । तेह्रथुम जिल्लाको विभिन्न क्षेत्रमा फौजी किराको प्रकोप बढेको छ । किसानहरुले लगाएको मकै बालिमा गुभो र पातमा किराले खाएर मकै मर्न थालेपछि किसनहरु समस्यामा परेका छन ।
प्रमुख बालिको रुपमा रहेको मकै मर्न थालेको किसानहरुले गुनासो गरेपछि स्थानीय सरकारले चासो देखाएको छ । जिल्लाको आठराई गाउपालिकाले किरा नियन्त्रणको लागि बिषादी खरिद गरि वडाहरुलाई वितरण गरेको छ ।
यसै बिच वडान ७ थोक्लुङले कृषि सहकारी मार्फत प्रभावित क्षेत्रका किसानहरूलाई किरा नियन्त्रणको लागि बिषादि वितरण गरेको वडा अध्यक्ष रोहित कन्दङवाले बताउनु भयो ।
थोक्लुङको तल्लो क्षेत्र पिप्ले ,लोक्ताम , ढोडेनि ,मर्साङवारि ,रानिचौतारा लगायत टोलका किसानहरुलाई बिषादि वितरण गरिएको कृषि सहकारी संस्था थोक्लुङका अध्यक्ष रमेशकुमार बजगाईले बताउनु भयो ।
बाकि टोलहरुमा समेत तत्कालै बिषादि वितरण गरिने वडाले जनाएको छ । गत बर्ष पनि यश क्षेत्रमा खडेरी र फौजि किराको प्रकोपले ठुलो क्षेति पुर्याएको थियो । विभिन्न प्रकोपको कारण किसानहरुले लगाउने बालिमा बर्से्नि अन्न उत्पादनमा गिरावट आईरहेको छ ।