चैत २२, काठमाडौ । यहीँ चैत्र २१ र २२ गते नेपाल मगर सघं १नं. प्रदेशको अधिवेशन मोरङ्गको लेटाङ्गमा सम्पन्न भएको छ । उक्त महाधिवेशमा १४ वटै जिल्लाबाट प्रतिनिधिको बाक्लो उपस्थित थियोे ।
२ दिनसम्म चलेको महाधिवेशनमा राजु खप्तरी मगरको अध्यक्षतामा २६ सदस्यीय प्रदेश समिति गठन गरेको छ । उक्त महाधिवेशनमा लामो समय देखि उत्पीडित समुदायको मुद्दा आवाज उठाउदै आएका 20 बर्षिय gnz युवा सैागात आले पनि सदस्यमा निवार्चित भएका छन् ।
उनी उक्त संस्थाको भातृ संस्था मगर विद्यार्थीका प्रदेश भाषिक उपाध्यक्ष पनि हुन् ।लामो समयदेखि तेस्रो जनसंख्याको जातीय संस्थामा पाका( वृद्धहरु) मात्रै सहभागी रहन्छ्न, भन्ने भाष्य तोडिएको छ भने पाकाहरुको अनुभव र युवाहरूको जोसले सङ्ठन चुस्त दुरुस्त हुने र चलायमान हुने आशा गर्न सकिन्छ ।



