एमालेको नाराबाजीबीच विनियोजन विधेयक २०७८ बहुमतले पारित – Satabdi News

एमालेको नाराबाजीबीच विनियोजन विधेयक २०७८ बहुमतले पारित

२९ भाद्र, काठमाडौं । सं‌सदमा एमालेका सांसदहरुको अवरोधका बीच बिनीयोजन विधेयक २०७८ बहुमतले पारित भएको छ।

आज (मंगलबार) को प्रतितिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बिनीयोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्दै प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावमाथि सैद्धान्तिक छलफल भएपछि सभामुख अग्निप्रसाद सापकोटाले विधियोजन विधेयक–२०७८ लाई निणायार्थ पेस गरेका थिए ।

सभामुख सापोटाले निर्णयार्थ पेस गरेको विधेयक प्रमुख प्रतिपक्षी एमाले सांसदको नाराबाजीबीच बहुमतले स्वीकृत भएको छ ।

नेकपा एमालेका सांसदहरुको अवरोधका बीच संसद बैठक सुरु भएको हो । तर, एमालेका सांसदरुले संसदीय मर्यादा पालना गर भन्दै नाराबाजी गरिरहेका थिए ।

सभामुख सापकोटाले अर्को बैठक आउँदो असोज ४ गते बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित गरेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "एमालेको नाराबाजीबीच विनियोजन विधेयक २०७८ बहुमतल..." A few seconds ago

सम्बन्धित खवर