एमसीसी उपाध्यक्ष फातिमा आज नेपाल आउने – Satabdi News

एमसीसी उपाध्यक्ष फातिमा आज नेपाल आउने

२४ भाद्र, काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा जेड सुमार नेपाल आउने भएकी छिन् ।

एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न फातिमा चार दिने भ्रमणको लागि कतारबाट आज (बिहीबार)काठमाडौँ आउन लागेकी हुन् ।

हालै एमसीसीको उपाध्यक्ष पदमा नियुक्ति भएकी उनले प्रधानमन्त्री शेरबहादुर देउवासहितलाई भेट्ने कार्यक्रम छ । बुधबार एमसिसीले ‘एमसीसी सैन्य रणनीति अन्तर्गत नभएको र संशोधन पनि गर्न नमिल्नेु भन्दै नेपाल सरकारलाई जवाफ फर्काएको थियो ।

एमसिसी परियोजना कार्यान्वयन भएका देशमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी नेपाल आउन लागेकी हुन् ।

सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका लागि अमेरिकाले एमसीसीमार्फत ५५ अर्ब सहयोग गर्ने घोषणा गरेको थियो । नेपालमा कार्यान्वयन हुन लागेको एमसीसीलाई लिएर नेपालमा तीव्र विरोध भइरहेको छ । अघिल्लो सरकारले एमसीसी सहयोगमा सञ्चालन हुने आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा मान्यता दिएको थियो । उक्त परियोजनाअन्तर्गत वातावरणीय प्रभाव मूल्यांकनको स्वीकृति दिनुका साथै जग्गा अधिग्रहण र सीमापार प्रसारण लाइन निर्माणलाई प्राथमिकता दिएर काम अघि बढाएको थियो ।

नेपालको आर्थिक विकास र गरिबी निवारण प्रवद्र्धनको साझा लक्ष्यका साथ सम्झौता भएको परियोजनामा ४ सय किलोभोल्ट क्षमताको ३ सय १८ किलोमिटर लामो प्रसारण लाइन एवं तीन उच्च क्षमतायुक्त सबस्टेसन निर्माणमा केन्द्रित विद्युत् प्रसारण आयोजना र बढीमा ३ सय किलोमिटर रणनीतिक सडकको मर्मतसम्भारको काम हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "एमसीसी उपाध्यक्ष फातिमा आज नेपाल आउने" A few seconds ago

सम्बन्धित खवर