काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलेनियम च्यालेन्ज कर्पोरेसन परियोजना नेपालमा पारित नहुने बताएका छन् ।
मंगलबार वाईसीएल केन्द्रीय समितिको प्रथम पूर्णबैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारले एमसीसीबारे उठेका प्रश्नहरू समेटेर अमेरिकालाई पठाएको कूटनीतिक नोटको सकारात्मक जवाफ नआए पारित नहुने बताएका हुन् ।
प्रचण्डले भने “‘हामीले पठाएको कूटनीतिक नोटको जवाफ नआए एमसिसी पास हुने कुरा हुँदैन ।”
सरकारले हालै एमसीसीबारे उठेका विभिन्न ११ प्रश्न समावेश गरेर एमसीसीलाई पत्र पठाएको थियो । त्यसको स्पष्ट जवाफ आएपछि एमसीसी अगाडि बढाउने सरकारको तयारी छ ।