ओलीको सभामुख सापकोटाविरुद्ध मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश – Satabdi News

ओलीको सभामुख सापकोटाविरुद्ध मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

२१ भाद्र, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले मागबमोजिम अन्तरिम आदेश नदिएको हो ।

अन्तरिम आदेशमा निर्णय गर्न २८ भदौमा दुवै पक्षलाई झिकाउन आदेश दिएको छ । सो रिटमा अन्तरिम आदेश दिनेरनदिनेबारे छलफल गर्न २८ गते दुवै पक्षलाई झिकाउने आदेश दिएको अदालत प्रशासनले जनाएको छ ।

एमालेले माधव नेपालसहित १४ र लुम्बिनीका २ सांसदलाई दलबाट निष्कासन गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै अध्यक्ष ओलीले सो विरुद्ध रिट दायर गरेका थिए ।

रिटको सुनुवाइका क्रममा बहस गरेका पूर्वमहान्यायाधिवक्ता रमेश बडालले सांसद निष्कासन र लुम्बिनी प्रदेशसभाका दुईजना सांसदको विषयमा छलफलका लागि झिकाएको जानकारी दिए ।

पार्टी दर्ताका लागि संख्या पुगेको हो कि हैन भनेर पूर्ण सुनुवाइका लागि निर्वाचन आयोगसँग १५ दिनभित्र लिखित जवाफ माग्ने र लिखित जवाफको तीन दिनभित्र पेसी तोक्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ओलीको सभामुख सापकोटाविरुद्ध मुद्दामा सर्वोच्चले..." A few seconds ago

सम्बन्धित खवर