बेलबारीका सभाष तामाङले पाए नागरिकता – Satabdi News

बेलबारीका सभाष तामाङले पाए नागरिकता

साउन २९, बेलबारी । मोरङको बेलबारी– ११ लक्ष्मी मार्गका सुभाष तामाङले नागरिकता पाएका छन्। उनले ६ वर्षपछि मोरङ जिल्ला प्रशासन कार्यालय मोरङबाट नयाँ नागरिकता पाएका छन् ।

मृत्यु भइसकेको खबर पाएपछि घरपरिवारले मृत्यु दर्ता गरिदिएका तामाङको अब मृत्यु दर्ता खारेज भएकाे छ । उनलाई बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले नागरिकताको प्रतिलिपी पनि हस्तान्तरण गरेका छन् ।

तामाङले आफ्नो मृत्यु दर्ता खारेज गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय देखी वडा कार्यालयसम्म धाएको सुभाषले नागरिकता पाएपछि पुन: जीवन पाएको बताएका छन् । सुभाष भन्छन्,‘मैले नागरिकता पाएँ आज म धेरै खुसी छु, मलाई सहयोग गर्नुहुने सम्पूर्णलाई धेरै–धेरै धन्यवाद । यति भएपछि अब म जिवितै रहेको प्रमाणित भयो ।’ उनले आफू फेरि पनि एक पटक विदेश गएर काम गर्न चाहेको बताए । नागरिकता दिँदै प्रमुख जिल्ला अधिकारी निरौलाले भने, ‘सुभाष ६ महिनअघि आउनु भएको थियो, त्यसपछि हराउनुभयो मैले यो विषयलाई गम्भिरताका साथ लिएर उहाँलाई बोलाएको हो।’

आफ्नो मृत्यु भएको छैन भन्ने प्रमाण जुटाउन उनी धेरै पटक सरकारी कार्यालय धाए । तर, वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरेबियामा मरेको भनेर शव ल्याउन मृत्यु दर्ता प्रमाणपत्र बनाएर पठाएकोले फेरि जीवित भएको प्रमाणपत्र बनाउन सकेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीका सभाष तामाङले पाए नागरिकता" A few seconds ago

सम्बन्धित खवर