२० असार, काठमाडौ । राष्ट्रिय युवा परिषद् नेपालले आयोजना गरेको जातिय विभेद विरुद्ध युवाको भुमिका नितिगत भर्चुअल बहस कार्यक्रमको उदेश्यबारे जानकारी गराउदै राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङेलले जातिय विभेद समाजिक कलङ्क भएको भन्दै त्यसका लागी मानिसको चेतना भित्र गडेर बसेको जातिय विभेदकारी मानसिकतालाई चिर्न आवश्यक रहेको उल्लेख गर्दै त्यसका विरुद्ध समाजमा रहेका विभिन्न कार्यनयन गर्ने निकायहरु सग वृहत् छलफल गर्नु पर्ने बताए । कहाँ कसरी कमिकम्जोरी रहेको छ त्यो कुरा पत्ता लागाउनु पर्नेमा जोड दिदै कार्यकारी उपाध्यक्ष ढुङ्गेलले जातिय विभेद विरुद्धको अभियान थाल्नु पर्नेमा जोड दिदै मानिसको जीवन हजारौ वर्षको नभएर ७० वर्षको मात्र हुन्ने भएकाले यो छोटो जिवनमा हरेक मानवले मानव भएर बाच्न पाउने उनिहरुको मौलिक अधिकार रहेको भन्दै मान्छे एक पटक जन्मे पछि जातको आधारमा विभेद गर्न नमिल्ने बताए । अब जातिय विभेद विरुद सामाजिक, सास्कृतिक जागरणको थालनी गर्नु पर्नेमा जोड दिदै गर्दै जातिय विभेद विरुद्ध को अभियानमा राष्ट्रिय युवा परिषद नेपाल शसक्त रुपमा अघि बढ्ने बताए । 
अबको दिनमा जातिय आधारमा हुने सबै प्रकारको विभेद विरुद्धको अभियानमा युवा परिषद् नेपालले विभिन्न सम्बन्धित निकायहरु सग सहकार्य गर्दै अघि बड्ने बताए । जातिय आधारमा हुने हरेक प्रकारको विभेद बारे राष्ट्रिय युवा परिषद् गम्भीर रहेको र त्यसता प्रकारका विभेदका अन्त्य गर्न राष्ट्रिय युवा परिषद् नेपालले थप सृजनशिल कार्यक्रम अघि बढाउने बताए ।
उक्त छलफल कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य माननीय सुर्य ढुङ्गेल, समाज कल्याण परिषद्का सदस्य डा. मणिराम बन्जाडे, त्यस्तै विभिन्न क्षेत्रका युवा, अधिकारकर्मी , अध्येता, लेखकहरुले आफ्नो सुझव राखेका थिए । सबैले जातिय विभेदको अन्त्य गर्न जरुरी रहेकोमा जोड दिएका थिए । त्यसमा युवाहरुको महत्त्वपूर्ण भुमिका रहने बताएका थिए । छलफलमा पुर्व सचिव डा. मान बहादुर विक र अध्येता सुशील विकले कार्यपत्र प्रस्तुत गरेका थिए भने कार्यक्रमलाई युवा परिषद्का बोड सदस्य रवि सेन्चुरिले मोडेरेट गरेका थिए । छलफल , बहस बाट आएका सुझबहरुको आधारमा राष्ट्रिय युवा परिषद् नेपालले केन्द्र, प्रदेश र जिल्ला स्थारमा जातिय विभेद विरुद्ध कार्यक्रम सन्चालन गर्ने रवि सेन्चुरिले बताए ।



