ईटाली पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ – Satabdi News

ईटाली पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ

१६ असार, काठमाडौ । जिल्ला उदयपुर त्रियुगा न.पा. वडा नं. ७ स्थायी घर भई हाल काठमाडौँ बुढानिलकण्ठ बस्ने वर्ष ३६ को उमेश रेग्मीले जिल्ला रामेछाप उमाकुण्ड गा.पा. वडा नं. ३ बस्ने वर्ष २३ को सौगात सुनुवार समेत ३ जनालाई वर्किङ भिषामा इटाली पठाई दिन्छु भनी प्रलोभनमा पारी जनही रु १० लाख ५० हजारका दरले ३१ लाख ५० हजार रकम लिई अजरबैजान सम्म पुराएर बिचल्ली बनाई फरार रहेको उमेश रेग्मीलाई जिल्ला ललितपुर टिकाथलीबाट मिति २०७८ असार १५ गते महानगरीय अपराध महाशाखाको विशेष टोलीले पक्राउ गरेको छ।

साथै निज उमेश रेग्मीले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिषामा युरोपियन मुलुकमा पठाइदिन्छु भनी प्रलोभनमा पारी करिब एक करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेको समेत भन्ने बुझिन आएकोले निजलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ईटाली पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ" A few seconds ago

सम्बन्धित खवर