२ असार, काठमाडौँ । काठमाडौको नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री तथा मोडल निशा घिमिरेलाई अमेरिकामा बस्ने चलचित्रकर्मीबाट नगर एकाउन्न हजार सहयोग गरेका छ्न । भारतमा तीनवर्षअघि सवारी दुर्घटनामा परेकी निशाको उपचार आर्थिक अभावले हुन सकेको थिएन । उनको उपचारमा परिवारले घरजग्गा पनि बेचेका थिए । नवजीवन परोपकार समाज र नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरीको प्रयासमा बिहीबारदेखि निशाको उपचार नर्भिक अस्पतालमा भइरहेको छ।
कलाकार निशाको लागीनेपाल चलचित्र निर्देशक समाजको पहलमा अमेरिकामा बस्दै आएका चलचित्रकर्मीहरु सुमन दाहालबाट ५० डलर,अशोक श्रेष्ठबाट ५५ डलर,किशोर सुब्बाबाट ५१ डलर,गोपाल चन्द्र लामिछानेबाट ५१ डलर,अक्की शर्माबाट ५१ डलर,पवन गौतमबाट ५१ डलर,अनिल संग्रौलाबाट ५१ डलर,दिनेश कार्कीबाट एकाउन्न डलर गरि जम्मा ४११ डलर र थप चलचित्र पत्रकार रघुनाथ सापकोटाबाट गरेर नगद एकाउन्न हजार एक सय रुपैयाँ निशा घिमिरेको निवास ललितपुर बुङमति पुगेर उनको आमालाई हस्तान्तरण गरिएको छ । नगद रकम हस्तान्तरणमा चलचित्र निर्देशक समाजका महासचिव जनकदिप पराजुली, कार्यसमिति सदस्य देबेन्द्र पाण्डे,निर्देशक अमर ओली र चलचित्र पत्रकार रघुनाथ सापकोटाको उपस्थिति रहेको थियो।
आर्थिक अभावको कारण निशाको राम्रो उपचार हुन नसकेर उनि बिगत साँढे दुइ बर्ष देखि अचेत अवस्थामा रहेकी छिन्। अहिले नर्भिक अस्पतालले उद्दार गरेर उपचार गर्न सुरु गरे पश्चात उनको स्वास्थ्यमा केहि सुधार आएको छ भने उनको परिवारमा पनि थोरै खुसि छाएको छ।
निशा घिमिरेले जनकदिप पराजुलीले निर्देशन गरेको नेपाल टेलिभिजनबाट प्रशारण भएको मेगा सिरियल ‘डियर जिन्दगि’ र म्युजिक भिडियो ‘साथी’मा समेत काम गरेकी छिन्। यसरी हाल उठेको सहयोग रकम निशा अस्पतालबाट डिस्चार्ज भए पछि हुने उनको थेरापी तथा अन्य उनको उपचारमा नै खर्च गरिने उनको आमाले बताएकी छन्।



