३० जेठ, काठमाडौ । किरात राई युवा संघका पुर्ब अध्यक्ष तथा जनता समाजवादी पार्टीका युवा नेता मोहनप्रसाद राईको कोरोना संक्रमणबाट निधन भएको छ । करिब डेढ महिनाअघि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
उपचारकै क्रममा आज काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा उनको निधन भएको किरात राई युवा संघको संस्थापक अध्यक्ष तथा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य भीम राईले शताब्दी न्युजलाई बताए ।
खोटाङको बराहपोखरी गाउँपालिका–२ स्थायी घर भएका उनी काठमाडौंमा श्रीमती र एक छोराका साथ बस्दै आएका थिए ।
गएको स्थानीय तहको निर्वाचनमा बराहपोखरी गाउँपालिकाको अध्यक्षको उम्मेदवार समेत बनेका उनी तत्कालिन समाजवादी पार्टी हुँदा पार्टीको निर्वाचन आयोगका सदस्य थिए ।