२३ जेठ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश २ को संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन गरेको छ । राउत हाल प्रदेश २ का मुख्यमन्त्री समेत हुन् ।
तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकीकरण भए पनि प्रदेशमा दुवै दलका संसदीय नेता रहेका थिए । तर, एकीकरण भएको एक वर्षपछि पार्टीमा आन्तरिक विवाद भएकै समयमा संसदीय दलको नेतामा पूर्व समाजवादी पार्टीबाट राउतलाई चयन गरिएको छ ।
जसपाका कुल ५५ सांसदमध्ये राउतको समर्थनमा ३६ जनाले हस्ताक्षर गरेका छन् । पूर्व समाजवादीका ३० जना र पूर्व राजपाका २५ जना सांसद रहेकोमा राउतलाई पूर्व राजपाका ६ जना सांसदले समेत समर्थन गरेको पूर्व समाजवादीका एक सांसदले जानकारी दिए ।