सखुवासभा । भारतिय विस्तारबाद विरुद्ध किरात राई विद्यार्थी संघ सडकमा उत्रेकाे छ । भारतले हालै सार्वजनिक गरेकाे नयाँ राजनीतिक नक्सामा नेपालकाे भूभाग मिचिएकाे विराेधमा किरात राई विद्यार्थी संघ र अनेरास्ववियुकाे संयुक्त आयाेजनामा साेमबार संखुवासभाकाे खादबारीमा विराेध प्रदर्शन भएकाे हाे ।
विराेध सभालाई सम्बाेधन गर्दै वक्ताहरूले भारतले मिचेकाे भूभाग तुरून्त फिर्ता गर्न र सार्वजनिक गरिएकाे नयाँ नक्सा सच्याउन आग्रह गरेकाे छ । सभामा किरात राई विद्यार्थी संघका केन्द्रीय अध्यक्ष रामचन्द्र राई, अनेरास्ववियूका जिल्ला अध्यक्ष राजेश खड्का क्षेत्रिय सदस्य विजय कार्कि, यायाेक्खा पूर्व जिल्ला अध्यक्ष केदार राई लगायतले सम्बाेधन गरेका थिए ।