फिल्म ‘मायावी’का मुख्य कलाकारहरुको लाइनअप सार्वजनिक – Satabdi News

फिल्म ‘मायावी’का मुख्य कलाकारहरुको लाइनअप सार्वजनिक

२९ भाद्र, काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’का मुख्य कलाकारहरुको लाइनअप सार्वजनिक भइरहेको छ । यही क्रममा फिल्ममा अभिनेत्री करिश्मा श्रेष्ठ अनुबन्धित भएकी छन् ।

यस फिल्मका लागि मुख्य नायिकामा दीपिका प्रसार्ई र मुख्य नायकमा पल साह तथा सुशील सिटौला अनुबन्धित भइसकेको अवस्थामा निर्माण पक्षले करिश्मालाई नायिकाका रुपमा अनुबन्ध गरेको हो । यसअघि नवनायकका रुपमा ‘म्यान हन्ट इन्टरनेश्नल नेपाल २०१६’का विजेता समिम खान अनुबन्धित भइसकेका छन् ।

फिल्म ‘एउटा साथी’बाट नेपाली रजतपटमा डेब्यू गरेकी करिश्माले यो फिल्मपछि ‘लभ सब’ र ‘बाबु कान्छा’मा अभिनय गरेकी छिन् । त्यसयता कुनै पनि फिल्ममा अभिनय नगरेकी करिश्माले लामो समयपछि ‘मायावी’बाट फिल्ममा कमव्याक गर्न लागेकी हुन् ।

यही फिल्ममार्फत अभिनेता राज कटुवाल निर्माताका रुपमा फिल्म क्षेत्रमा डेब्यू गर्दैछन् । निर्देशक भट्टराई स्वयंको कथा रहने यो फिल्म क्रिएटिभ सिने आर्टसको व्यानरमा निर्माण हुन लागेको हो ।

फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ । फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ । फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए ।

दिवाकरले फिल्म ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "फिल्म ‘मायावी’का मुख्य कलाकारहरुको लाइनअप सार्व..." A few seconds ago

सम्बन्धित खवर