मोरङ क्षेत्र नं ३ को मतगणना भोलिबाट सुरु, भगवती मा.विमा गरिने – Satabdi News

मोरङ क्षेत्र नं ३ को मतगणना भोलिबाट सुरु, भगवती मा.विमा गरिने

मंसिर ०४, बेलबारी । निर्बाचन सम्पन्न भएपश्चात मोरङ क्षेत्र नम्बर ३ को मतगणना बेलबारी नगरपालिका ३ स्थित भगवती माध्यमिक विद्यालयमा गरिने भएको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतगणना मोरङका चार स्थानमा गरिने भएको हो ।

आज सम्पन्न निर्वाचनपछि मतगणना उर्लाबारी, बेलबारी, रतुवामाई र विराटनगर गरि चार स्थानमा गरिने भएको हो । मोरङमा ६ प्रतिनिधिसभा र १२ प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । मोरङ क्षेत्र नम्बर १ को मतगणना उर्लाबारी नगरपालिकाको कार्यालयमा गरिने छ । क्षेत्र नम्बर २ को मतगणना रतुवामाई नगरपालिका (विश्वनाथ मन्दिर), निर्वाचन क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना विराटनगरको आदर्श माध्यमिक विद्यालयमा गरिने छ ।

प्रत्येक निर्वाचन क्षेत्रमा प्रारम्भिक चरणमा तीन वटा कोठा मतगणना स्थल बनाइएको छ । आवश्यकता परे अन्य थप गरिने मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले जानकारी दिएको छ । मतगणना स्थलमा सिसि क्यामेरा जडान गरिएको छ । एक मतगणना स्थलमा ६ गणकको टोलीलाई राखिनेछ । ५ मंसिर बिहानबाट मतगणना गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मोरङ क्षेत्र नं ३ को मतगणना भोलिबाट सुरु, भगवती..." A few seconds ago

सम्बन्धित खवर