नेविसंघ कन्काई बहुमुखी क्याम्पस अध्यक्षमा कुवेर नाथ दाहाल चयन – Satabdi News

नेविसंघ कन्काई बहुमुखी क्याम्पस अध्यक्षमा कुवेर नाथ दाहाल चयन

नेपाल बिधार्थी संघ,कन्काई बहुमुखी क्याम्पस , सुरुङ्गाको इकाई अधिवेशन आज सम्पन्न भएको छ । नेपालको गौरवमय बिधार्थी संगठन नेपाल बिधार्थी संघले नयाँ कार्यसमिति गठन गरेको हो ! सम्पन्न कार्यक्रमको सभापतित्व नेपाल बिधार्थि संघका तत्कालीन सभापति उदित दहालले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन ने. बि संघ कन्काई बहुमुखी क्याम्पसका पुर्व ईकाई सभापति तथा जिल्ला सहसचिव अशोक पाठकले गर्नु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस कन्काई नगर समिति सभापती दुर्गा प्रसाई , कनकाई बहुमुखी क्याम्पस ब्यवस्थापन समिति अध्यक्ष प्रकाश चुडाल , नेपाल बिधार्थी संघ झापा जिल्ला सभापती राजेन्द्र उप्रेती , ने बि सघं झापाका प्रवक्ता सञ्जय निरौला , नेवि सघं कन्काई सभापति सागर ढकाल र कन्काई तरुण दल नगर सभापति सरोज भेट्वालको आतित्यथा रहेकाे थियो । कार्यक्रममा स्वागत मन्तब्य नगर सभापति सागर ढकालले राखेका थिए भने अतिथिगणहरु दुर्गा प्रसाई , प्रकाश चुडाल , राजेन्द्र उप्रेति र सञ्जय निरौलाले नवनिर्वाचित कार्यसमितिलाई शूभकामना मन्तब्य राख्नुभयो । सम्पन्न अधिवेशनबाट कन्काई बहुमुखी क्याम्पसले कुबेर नाथ दाहालको नेतृत्वमा ३९ सदस्य समिति चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेविसंघ कन्काई बहुमुखी क्याम्पस अध्यक्षमा कुवेर..." A few seconds ago

सम्बन्धित खवर