मिरुना मगरले आफ्नै मुभि हेर्न आउने दर्शकलाइ थप्पड हाने – Satabdi News

मिरुना मगरले आफ्नै मुभि हेर्न आउने दर्शकलाइ थप्पड हाने

१६ जेठ,काठमाडौं । चर्चित फिल्म ‘कबड्डी ४’ की अभिनेत्री मिरुना मगरलाई फिल्म हलमै दुर्व्यवहार भएको छ ।

अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा फिल्म हलबाटै एक जना पक्राउ परेका हुन् ।

अभद्र व्यवहारको आरोपमा प्रहरीले काठमाडौँको सिभिल मल स्थित फिल्म हलबाट फुर्वा तामाङलाई पक्राउ गरेको हो ।

गत शुक्रबारदेखि अभिनेत्री मिरुना अभिनित फिल्म ‘कबड्डी ४’ प्रदर्शनमा आएको थियो ।

सोही फिल्मका लागि ‘हल भिजिट’ गरिरहेकी उनलाई तामाङले अभद्र व्यवहार गरेपछि मिरुनाले तामाङलाई थप्पड हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

 

अभिनेत्री मिरुना अनुसार लामाको पोसाक लगाएका फुर्वा तामाङले उनलाई संवेदनशील क्षेत्रमा आत लगाउन खोजेका थिए ।

उनले तत्कालै प्रतिकार स्वरुप थप्पड लगाएकी थिइन् । पछि मानिसहरुकै भीडमा उनले सबैका अगाडी माफी माग्न लगाइन् ।

आइन्दा फेरी कुनै केटीलाई गलत नजरले हेरेको वा गलत नियतले हात लगाउन खोजेको थाहा पाएमा अनुहार नै कुच्याउने अभिनेत्री मिरुनाले सार्वजनिक ठाउँमा चेतवानी दिएको आवाज सहितको भिडियो सामाजिक सञ्जालमा खुबै भाइरल भइरहेको छ ।

पछि उनले सबैका अगाडी माफी मागेका थिए । त्यसपछि त्यही रहेको सुरक्षा चेनको सहयोगमा प्रहरीलाई बोलाएर तामाङलाई पठाइएको थियो । तामाङ अहिले प्रहरी नियन्त्रणमा रहेको सुरक्षा निकायको स्रोतले पुष्टि गरेको छ ।

हिट चलचित्र ‘कबड्डी’ को अन्तिम सिक्वेल ‘कबड्डी ४’ मा अभिनेत्री मिरुना मगरलाई रोजिएको थियो । उनले यो फिल्ममा अभिनयपनि खुबै जमेर गरेकी छिन् ।

निर्माण युनिटले फिल्मको मुख्य अभिनेत्रीको रुपमा मिरुनालाई ल्याएको हो । परिवारसँग युके बस्दै आएकी मगर फिल्मको वर्कसपदेखि छायांकन, प्रर्दशनको समयमा काठमाडौंमा बसेर खटिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मिरुना मगरले आफ्नै मुभि हेर्न आउने दर्शकलाइ थप्..." A few seconds ago

सम्बन्धित खवर