बेलबारीमा राईहरुले मनाए उभौली पर्व – Satabdi News

बेलबारीमा राईहरुले मनाए उभौली पर्व



जेठ ११, बेलबारी । किराँत राईहरुको महान पर्व उभौलीको अवसरमा बेलबारीमा पनि एक कार्यक्रम गरि मनाएका छन् । मोरङको बेलबारी वडा नं ३ मा रहेको किराँत राई यायोक्खाको धार्मिक वनमा (साकेला थान) कार्यक्रम आयोजना गरि मनाएका हो ।

कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

प्रमुख अतिथि राईले भने, ”धार्मिक वनलाई पर्यटन क्षेत्रमा आकर्षणको केन्द्र बनाउको लागि बेलबारी नगरपालिकाले सक्दो सहयोग रहने बताएका छन् । २०५० साल भन्दा अगाडि उजाड रहेको धार्मिक वनलाई बेलबारी ३ का अभियानकर्मी लक्ष्मी राई लगायतको टिमको मेहनतले आजको स्थितीमा आइपुगेको छ ।”

यसै गरी अतिथिमा बेलबारी ३ का वडाध्यक्ष योगन्द्र सुवेदी, किराँत राई यायोक्खाका पुर्व नगर सचिव ललित राई, किराँत राई बान्तवा खिमका केन्द्रीय अध्यक्ष ज्ञान राई, चन्द्र राई, समाजसेवी पर्वत राई, पत्रकार सन्दीय राई, ऋषि राई लगायतको उपस्थित रहेको थियो ।

बैसाख पुर्णीमा देखी साकेला नृत्य गर्दै सुरुवात हुने उभौली पर्व करिब एक महिना मनाउने चलन रहेको छ ।

कार्यक्रममा विभिन्न झाँकिहरुका साथ भएको मोरङको विभिन्न स्थानहरुबाट आठ वटा साकेला नृत्यको समूहको सहभागिता रहेको थियो । कार्यक्रम जितुमान राई सभापतित्वमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीमा राईहरुले मनाए उभौली पर्व" A few seconds ago

सम्बन्धित खवर