मोरङको लेटाङमा भएको घटनाको प्रहरीद्वारा स्थलगत अनुगमन – Satabdi News

मोरङको लेटाङमा भएको घटनाको प्रहरीद्वारा स्थलगत अनुगमन

७ चैत, बेलबारी । मोरङको लेटाङ नगरपालिका-५ स्थित शिक्षा बिकाश माध्यमिक बिधालयमा भएको घटना सम्वन्धमा स्थलगत अनुगमन भएको छ ।

१ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी, सशस्त्र बराह बाहिनी पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी तथा जिल्ला सुरक्षा समिति मोरङको टोलीले स्थलगत अनुगमन तथा जानकारी लिनु भएको हो ।

हिजो उक्त विद्यालयमा अध्ययनरत छात्रालाई सोही विद्यलयमा शिक्षकले दुर्व्यवहार गरेको बिषयमा वाद विबाद हुँदा विद्यार्थी र विद्यार्थी अन्दाजि ४/५ सय जनाको संख्याले विद्यालयमा तोडफोड गरेकोमा प्रहरीले भिड तितर बितर गर्ने क्रममा घाईते भएकि प्रहरी जवान उर्मिला श्रेष्ठको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मोरङको लेटाङमा भएको घटनाको प्रहरीद्वारा स्थलगत ..." A few seconds ago

सम्बन्धित खवर