जसपा इटहरीको कार्यकर्ता भेलामा २० जना भन्दाबढी पार्टी प्रवेश, वरिष्ठ नेता अशोक राईले गरे स्वागत – Satabdi News

जसपा इटहरीको कार्यकर्ता भेलामा २० जना भन्दाबढी पार्टी प्रवेश, वरिष्ठ नेता अशोक राईले गरे स्वागत

१६ असोज, इटहरी । जनता समाजवादी पार्टी इटहरी उपमहानगर समितिद्धारा आयोजित कार्यकर्ता भेटघाट तथा समवेदना प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार पार्टीको वरिष्ठ नेता अशोक राईको प्रमुख आतिथ्यतामा पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो ।

इटहरी–२ शान्तिचोक स्थित भूपु सैनिक भवनमा आयोजित उक्त कार्यक्रममा स्व. जमुना कुमारी आलेमगरको समवेदना पत्र हस्तान्तरण गरिएको थियो ।

सोही अवसरमा २० जना भन्दाबढी जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई वरिष्ठ नेता राईले अबिर लगाएर स्वागत गरेका हुन् ।

यसरी पार्टी प्रवेश गर्नेहरुमा इटहरी–३ बाट जितमान श्रेष्ठ, लक्ष्मी माया दर्जी, उमा मगर, राधामाया राई, अविता राई, सरस्वती तामाङ, नरमाया लिम्बु, प्रेम लिम्बु, विकास लिम्बु, सर्मिला वि.क., सिता वि.क., डिल्ली राम भुषाल, कुमार तामाङ, सनम तामाङ, इच्छमाया विक, रञ्जना कुमारी गुरुङ, सावित्रा विक, तिला राई, इन्द्र बहादुर लिम्बु, ओमनाथ सुब्बा र भिम बहादुर लिम्बु रहेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वरिष्ठ नेता अशोक राईले अबको यात्रामा एकले अर्कालाई सम्मान गर्ने, एकअर्का प्रति सद्भाव राख्ने किसिमको भावनाबाट अगडी बढ्नु पर्ने बताए ।

जनता समाजवादी पार्टीले अधिकार र पहिचानको निम्ति संघर्ष गरिरहेको उल्लेख गदैं नेता राईले कसैले अधिकान दान नदिने कुरा बुझेर निकै दर्हो भएर संघर्षमा उट्न आग्रह गरे ।

नेता राईले भने– “चुनावमा भोट हालेर मात्रै मुक्ति हुने छैन । त्यो कुरामा प्रष्ट हौं, कसैले ला बाबु भनेर दान दिने वाला छैन अधिकार । त्यसैले कडा रुपमा सडक संघर्ष गर्नुपर्ने छं, भलै त्यो बम बन्दुक बोक्ने आन्दोलन हुने छैन ।”

जसपा इटहरी नगर अध्यक्ष डिल्लि लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपा केन्द्रीय सदस्य तथा प्रदेश उपाध्यक्ष उमेशकुमार थापा, जसपा सुनसरी अध्यक्ष भगिरथ खत्व, जसपा किरात राष्ट्रिय समिति उपाध्यक्ष विना पुमा राई, थारु संघ केन्द्रीय अध्यक्ष शम्भु प्रसाद चौधरी, समाजवादी महिला संघ प्रदेश–१ सचिव विमला अर्याल, जसपा प्रदेश १ सदस्य महेश राना मगर, समाजवादी विद्यार्थी नेता चन्द्र किराती लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जसपा इटहरीको कार्यकर्ता भेलामा २० जना भन्दाबढी ..." A few seconds ago

सम्बन्धित खवर