भरतमणीले जिते 'कमेडी च्याम्पियन सिजन-२' को उपाधी – Satabdi News

भरतमणीले जिते ‘कमेडी च्याम्पियन सिजन-२’ को उपाधी

३ असोज, काठमाडौं । नेपाली कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन-२’ को उपाधी भरतमणी पौडेलले जितेका छन् ।

शनिबार राती भएको फाइनलमा सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापालाई हराउदै ताप्लेजुङका पौडेलले उपाधी जितेका हुन् ।

राती १० बजे सम्मको लागि भोटिङ खुल्ला गरिएको थियो । दर्शकले गरेको भोटको आधारमा पौडेल विजयी भएका हुन् ।

पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा, पूर्व युवराज पारस शाह, घरबेटी लगायतको प्रस्तुतिबाट चर्चा कमाएका पौडेलले जित सँगै एउटा कार र २५ लाख नगद प्राप्त गरेका छन् ।

त्यस्तै फस्ट रनरअप विक्की अग्रवाल र सेकेन्ड रनरअपमा सन्तोष थापा घोषित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भरतमणीले जिते ‘कमेडी च्याम्पियन सिजन-२..." A few seconds ago

सम्बन्धित खवर