किरात राई बान्तावाखिम यलाखोमको आयोजनामा 'टिभी तथा रेडियो कार्यक्रम प्रस्तोता तालिम' सुरु – Satabdi News

किरात राई बान्तावाखिम यलाखोमको आयोजनामा ‘टिभी तथा रेडियो कार्यक्रम प्रस्तोता तालिम’ सुरु

– अर्जुन राई अपहेलित

२ असोज, काठमाडौं । किरात राई बान्तावा खिम उपत्यका (यलाखोम) कार्य समितिले ‘एक हप्ते टिभी तथा रेडियो कार्यक्रम सञ्चालन सम्बन्धि तालिम’ सुरु गरेको छ ।

काठमाडौंको कोटेश्वर स्थित किरात राई यायोख्खा भवनको सुम्निमा हलमा आयोजित उक्त प्रशिक्षण कार्यक्रम बान्तावा खिमको केन्द्रीय सचिव रिता राई राराहाङको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।

कार्यक्रममा बान्तावा खिम उपत्यका समितिका वरिष्ठ उपाध्यक्ष वासुदेव राईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

आज (शनिबार) बाट सुरु गरिएको टिभी तथा रेडियो कार्यक्रम प्रस्तोता तालिम एक साता सम्म सञ्चाल गरिने भएको छ ।

उक्त तालिममा उपत्यका र बाहिरका विभिन्न जिल्लाबाट उपस्थित १४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

प्रशिक्षकको रुपमा रेडियो नेपालका पत्रकार अम्मरध्वोज लामा, पत्रकार एवं बान्तावा खिम केन्द्रीय सचिव रिता राई राराहाङ, नेपाल टेलिभिजनका कार्यक्रम प्रस्तोता एवं समाचार वाचक गजुर्धन राई र बुङ्वाखा मासिक पत्रीकाका सम्पादक पदम वालाहाङ रहेका छन् ।

तालिम सञ्चालन समयावधिमा प्रत्येक दिन पालैपालो गरेर अमरध्वोज लामाले रेडियो पत्रकारिता सम्बन्धि, रिता राराहाङले बान्तावा भाषा सम्बन्धी र उद्घोषण कला, गजुर्धन राईले टेलिभिजनमा कार्यक्रम प्रस्तोता सम्बन्धि र पदम वालाहाङले भाषा एवं पत्रपत्रिकाको संवाददाता सम्बन्धित प्रशिक्षण गराउने कार्ययोजना रहेको बताइएको छ ।

विज्ञान र प्रविधिको आधुनिक युगको सञ्चार जगतमा बान्तावा भाषालाई बृहत् रुपमा स्थापित गर्ने उद्देश्यले आधारभुत पत्रकारिता तालिम अन्तर्गत कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमको प्रमुख अतिथी एवं प्रशिक्षक रिता राई राराहाङले पत्रकारिता क्षेत्रमा प्रवेशमा गरिएको संघर्ष र अनुभव उल्लेख गर्दै सफलता प्राप्तिका लागि व्यक्तिमा इच्छाशक्ति र सहनशीलता हुनुपर्नेमा जोड दिइन् ।

शुभकामना मन्तव्यका क्रममा बोल्दै बान्तावा खिम उपत्यका समिती सल्लाहकार रमेश राइले युग सापेक्ष बान्तावा भाषालाई उजागर गर्न तालिमले टेवा पुग्ने उल्लेख गरेका छन् ।

खम्ब राईको अध्यक्षतामा आयोजित कार्यक्रममा सल्लाहकार रमेश राई, किरात देवास राई उत्थान समाजका केन्द्रीय सदस्य विष्णु देवास राई, आयोजक पदाधिकारी एवं प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "किरात राई बान्तावाखिम यलाखोमको आयोजनामा ‘..." A few seconds ago

सम्बन्धित खवर