अमेरिकामा आगलागी हुँदा ५ नेपालीभाषीको मृत्यु – Satabdi News

अमेरिकामा आगलागी हुँदा ५ नेपालीभाषीको मृत्यु

२९ भाद्र, एजेन्सी । अमेरिकामा ५ नेपालीभाषी भुटानीको आगलागीका कारण मृत्यु भएको छ ।

सेप्टेम्बर १२ तारिक आइतवार राति ओहायो राज्यको एक्रोन शहरको लिन्डेन एभेन्यु ११०० ठेगानामा रहेको घरमा राति आगलागी भएको हो ।

सो घटनामा मृत्यु हुने ५ जनामा ३ जना बालबच्चा परेका छन् । द समिट काउन्टी मेडिकल एक्जामिनर अफिसले रातिको आगलागीमा ५ जनाको मृत्यु भएको पुष्टि गरेको छ।

स्थानीय संचारमाध्यम न्यूज फाइभ क्लिभल्याण्डसँग कुरा गर्दै याम सुब्बाले सो आगलागीमा परी आफ्ना बुबा, कान्छी आमा र तीन जना बच्चाहरुको मृत्यु भएको बताएका छन्।

आगलागीको कारण के थियो र सो घरमा घटना भएको रात कति मानिसहरु थिए भन्ने स्पष्ट भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अमेरिकामा आगलागी हुँदा ५ नेपालीभाषीको मृत्यु" A few seconds ago

सम्बन्धित खवर