प्रख्यात पप गायिका शाकिराले पति सङ्गको सम्बन्ध टुङ्ग्याउने – Satabdi News

प्रख्यात पप गायिका शाकिराले पति सङ्गको सम्बन्ध टुङ्ग्याउने

२१ जेठ,काठमाडौँ | कोलम्बियाकी प्रख्यात पप गायिका शाकिराले पति तथा स्पेनका दिग्गज फुटबलर जेरार्ड पिकेसँगको सम्बन्धलाई टुंग्याउने भएकी छन्।

पिकेको अर्की एक महिलासँग सम्बन्ध रहेको थाहा पाएपछि उनले आफूलाई धोका दिएको भन्दै अलग्गिने निर्णय लिएकी हुन्।

शाकिरा र पिके दक्षिण अफ्रिकामा सन् २०१० मा भएको विश्वकपपछि नजिकिएका थिए। त्यो समयको चर्चित फुटबल गीत ‘वाका–वाका’मा उनीहरूसँगै देखिएका थिए।

पिके हाल बार्सिलोनाको केल मुन्टानेरमा एक्लै बस्दै आएका छन्। पिकेका छिमेकीहरूले कैयौं पटक उनीहरूलाई एकाघरमा आउजाउ गरिरहेको देखेका छन्।

छिमेकीहरूका अनुसार पिके उनी बार्सिलोनाको रात्री जीवनमा रमाइरहेका छन्। पिके र शाकिराबीच १० वर्षको उमेर अन्तर छ। उनीहरुका दुई सन्तान छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रख्यात पप गायिका शाकिराले पति सङ्गको सम्बन्ध ..." A few seconds ago

सम्बन्धित खवर